विरामी रुसी विपक्षी नेतालाई जर्मन पु-याइयो



बर्लिन (एजेन्सी)

रुसका विपक्षी नेता एलेक्सी नोवल्नीलाई उपचारका लागि एक एम्बुलेन्स एयरक्र्याफ्टबाट जर्मनीको राजधानी बर्लिन पुर्याइएको छ ।
नोवल्नी गम्भिर रुपमा विरामी भएका छन् । विष हालेको चिया पिएपछि उनी कोमामा पुगेको उनका समर्थकहरुले आशंका गरेका छन् । उनका परिवारले रुसी अधिकारीहरुमाथि अपराध लुकाएको आरोप पनि लगाएको छ ।

नोवल्नीकी पत्नी र उनका समर्थकको आग्रहमा जर्मनीका डाक्टरहरुको एक टोली शुक्रबार विमानबाट साइबेरियाली सहर आम्सक पुगको थिए । उक्त सहरको एक अस्पतालमा नोवल्नी अस्पताललाई भर्ना गरिएको थियो । नोवल्नीलाई भर्ना गरिएको उक्त अस्पतालमा अत्यन्त सीमित सुविधा रहेको र उनको उपचार ठीक तरिकाले हुन नसक्ने परिवारले बताएका थिए ।

ओम्सकको उक्त सरकारी अस्पतालबाट नोवल्नीलाई एक एम्बुलेन्सबाट ओम्सक विमानस्थल सम्म ल्याइएको र दुईघन्टापछि एक एम्बुलेन्स एयरक्राफ्टबाट उनलाई जर्मनी ल्याइएको बताइएको छ । उक्त विमानमा नोवल्नीकी पत्नी युलिया र उनका प्रवक्ता किरा यारमिस पनि थिए । रुसमा सरकार विरोधी नेता नोवल्ी विमान यात्राका क्रममा विरामी परेका थिए ।

मस्कोबाट टाम्म्स्क फर्कने क्रममा उडानमै नोवल्नी विरामी भएका थिए र विमानलाई ओम्स्कमा आपतकालिन अवतरण गर्नु परेको थियो । उनले आशंका ब्यक्त गर्दै भनेका थिए, एलेक्सी नोवल्नीलाई चियामा विष दिएको हो किनभने यात्रा अघि विहान उनले चिया मात्र पिएका थिए ।

प्रतिक्रिया दिनुहोस्