जोनसन एन्ड जोनसनद्वारा अहिलेसम्मकै बृहत खोप परीक्षणको तयारी



न्युयोर्क (एजेन्सी)
जोनसन एन्ड जोनसनले आगामी महिना विश्व भरी आफ्नो कोरोना भाइरस खोपको अन्तिम चरण परीक्षण शुरु गर्ने छ । यसका लागि कम्पनीले ६० हजारलाई खोप परीक्षण गर्ने योजना बनाएको छ ।
अहिले सम्म मोडेर्ना इन्क र फाइजर इन्क जस्ता कम्पनीले ३० – ३० हजार ब्यक्तीमा यस प्रकारको परीक्षण गरेका छन् । यदी जोनसन एन्ड जोनसनले योजना अनुसार ६० हजार नै परीक्षणका लागि जुटाउन सके भने यो आफैंमा एक किर्तिमान हुनेछ ।
जोनसन एन्ड जोनसनका प्रवक्तले वाल स्ट्रिट जर्नललाई भनेका छन् – कम्पनी त्यसता ब्यक्तीहरुलाई समावेस गर्न चाहन्छ जसले कोरोना भाइरस प्रभावित पुरै आवादीको प्रतिनिधित्व गर्छ । यो परीक्षण अमेरिका, ब्राजिल, चिली, फिलिपिन्स र दक्षिण अफ्रिकाका १ सय ८० स्थानमा हुनेछ । अमेरिकामा यो २८ राज्यमा गरिनेछ जहाँ संक्रमणको दर सबैभन्दा धेरै छ ।
यस परीक्षणमा खोप सुरक्षित, प्रभावकारीता मात्र हेरिंदैन , कति डोजको असर स्वयंसेवकहरुमा भइरहेको छ , त्यसलाई पनि सघन जाँच गरिनेछ । यसमा सहभागी हुनेहरुलाई दुई बर्ष सम्म फलो गरिनेछ । तर प्रारम्भिक नतिजा पहिलै नै जारी गरिनेछ । जोनसन एन्ड जोनसनको खोपमा एडेनोभाइरससँग कोरोना भाइरसलाई मिलाएर रोग प्रतिरोधात्मक क्षमता उत्पन्न गराउने प्रयास गरिएको छ । कम्पनीले यही विधिबाट सन् २०१९ मा इबोला खोप विकसित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्