अमेरिकाले आरोपित आइएस अभियुक्तलाई मृत्युदण्ड नदिने



लन्डन,(एजेन्सी)

इराक र सिरियामा पश्चिमीहरुलाई बन्धक बनाएर हत्या गरेको आरोप लगाइएका दुईजना इस्लामिक स्टेट (आइएस) का सदस्यलाई दोष प्रमाणित भएको खण्डमा पनि मृत्युदण्ड नदिइने विहिवार संयुक्त राज्य अमेरिकाले वेलायतलाइ जानकारी दिएको छ । अलेक्जान्द«ा कोटी र एल साफी एल्शेख संजाय तोकिन बााकी दुई अन्तिम आइएस सदस्य हुन् ।

वेलायती मूलका भएकाले तिनीहरुलाई अमेरिकी कारगारमा ‘दि विटल्स’ को नामले पुकारिने गरिउको छ । चर्चित गायक जोह्न लेननको नेतृतवमा रहेको वेलायती साँगितीक समुह विटल्स विशवमा तहल्का मच्चाउन सफल भएके थियो । यस मुद्धामा अमेरिकााले वेलायतको सहयोगको अपेक्षा गरेको थियो ।

तर मृत्युदण्डको प्योगले अमेरिका र वेलायत बिचको बन्धमा प्रभावित हुने महसुश गरिएको छ । तसर्थ अहिले अमेरिकाले अन्तत दोर्ष करार गरिएको खण्डमा पनि यि दुईलाई मृत्युदण्ड भने नदिइने जनाइसकेको छ । वेलायती गृहमन्त्री प्रिती पटेललाइृ पठाइउको पत्रमा अमेरिकी महान्याधिवक्ता विल्लयम वारले अमेरिकी सरकारले यि दुई पुरुषलाई मृत्युदण्ड नसुनाउने र यदि सुनाइहाले पनि त्यसलाई कर्यान्वयन नगर्ने जानकारी दिएका छन् ।

साथै विल्लियमले भनेका छन् , ‘ यसको बदलामा वेलायतले सकेसम्म छिटो तिनीहरु विरुद्धका महत्वपूर्ण प्रमाणहरु पठाउनू । यदि हामीले माग गरे बमोजिमका दस्तावेज र अन्य सहयोग पायौं भने हामीले पनि इमानदारिताका ासथ आफफ्नो बचन निभाउँछौं ।

वेलायती गृहमन्त्रालयका प्रवक्ताले भनेका छन् , ‘ डाएसको नाममा अपराध गर्नेहरुलाई कानुनी दायरा भित्र ल्याउन वेलायत निरन्तर अन्तर्राष्ट्रिय साझेदारहरुसंग निकट रहेर सहकार्य गर्न तयार रहेको छ । ’ इराकको अमेरिकी हिरासतमा रहेका तिनीहरु वेलायती नागरिक हुन् ।

तर पक्राउ परे यता तिनीहरुका नागरिकता खोसिएको छ । तिनीहरु सन् २०१४ मा इराक र सिरियामा भएका अमेरिकी र वेलायती पत्रकार तथा राहतमकर्मि लगायत अन्य थुप्रै पश्चिमी बन्धकहरुको अपहरण र हत्यामा सरिक रहेको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्