जुम बैठकमै यौन कार्यमा लिप्त भएपछि



रियो डी जेनेरियो, (एजेन्सी) ।

ब्राजिलको रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी यौन कार्यमा लिप्त भएपछि लज्जास्पद स्थिति बन्यो । ती जोडीले आफनो ल्यापटपको क्यामरा बन्द गरेको थिएन, जसले उनीहरुको सबै कृयाकलाप प्रत्यक्ष प्रसारित हुन पुगेका थियो । उक्त बैठकको अध्यक्षता सोसलिज्म र लिबर्टी पाटीएका एक सदस्य लिओनेल ब्रिजोलाले गरेकी थिइन् ।

उक्त लज्जास्पद घटना प्रत्यक्ष प्रसारित भइरहँदा पनि ब्रिजोलाले आफनो बैठक जारी राखिन् । रियो शहरको परिषद बैठकमा कोरोना संकटलाई ध्यानमा राख्दो विद्यार्थीका लागि खानाको ग्यारेन्टी गर्ने विषयमा चर्चा भइरहेको थियो । सामाजिक सन्जालमा सेयर भइरहेको भिडियो फुटेजमा जुममा भइरहेको बैठकका क्रममा त्यसमा सहभागी एक ब्यक्ती बैठक छोडेर यौन कार्य गर्न थालेको देखिएको थियो ।

यो बैठक विहान १० बजे शुरु भएको थियो । बैठक आफनो योजना अनुसार चलिरहेको थियो । यसबीच त्यसमा सहभागी ती ब्यक्ती चर्चा गर्न छोडेर सेक्स गर्न थालेका थिए । त्यतिबेला उनको डिभाइसको क्यामरा अन थियो । स्थानिय अखबारका अनुसार ती ब्यक्ती पार्षद थिएन । उक्त बैठक ४ घन्टा सम्म चलेको थियो । यस क्रममा पार्षदहरुले पुरै घटना देखेको तर उनीहरुले नदेखे जस्तो गरेका थिए ।

ब्रिजोलाले उक्त घटनालाई लिएर खेद ब्यक्ती गरेकी छन् । जब आफुले उक्त घटना देखे, उनले तत्काल भिडियो र अडियो बन्द गर्न आदेश दिएको उनले बताइन् । उक्त घटनामा संलग्न ब्यक्तीलाई कुनै कारवाही भयो वा भएन भन्ने विषयमा तत्काल स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्