टर्कीले फेला पार्‍यो अहिलेसम्म कै सबैभन्दा ठुलो ग्यास भण्डार



अंकारा (एजेन्सी) ।

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले टर्कीले काल सागमा अहिलेसम्म कै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भन्डार फेला पारेको घोषणा गरेको छ । टर्कीले यसको उपयोग सन् २०२३ मा गर्ने पनि उनले बताए ।

इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा अर्दोगानले टर्कीको फतेह नामक ड्रिलिंग जहाजले ३ सय २० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास भन्डार टुना १ नामक कुंवामा पत्ता लगाएको जानकारी दिए । यो टर्कीको इतिहासमा सबैभन्दा ठुलो प्राकृतिक ग्यासको खोज भएको उनले बताए ।

उक्त इलाकामा नयाँ ग्याँस भन्डारको खोज हुने उनले बताए । अर्दोगानले भने – ‘हाम्रो लक्ष्य काल सागरबाट ग्यास निकालेर सन् २०२३ सम्म यसको प्रयोग गर्नु रहेको छ ।’

साथै पुर्वी भुमध्य सागरबाट पनि खशीको खबर अपेक्षा गरिरहेको उल्लेख गर्दै त्यहाँ पनि टर्कीले ग्यासको खोजी गरिरहेको जानकारी उनले दिए ।

उनले भने – ‘अहिलेसम्म भुमध्यसागर र काल सागरमा फतेह र याबुज जहाजका माध्यमबाट नौ पटक गहिरो खन्ने काम भएको छ । हामी आफनो देशको उर्जा मुद्दा पुर्ण रुपमा हल गर्नका लागि दृढ संकल्पित छौं ।

टर्कीका अर्थ मन्त्री बेरात अलबायराकले फतेह जहाजबाट भिडियो कन्फ्रन्सिगका माध्यमबाट त्यसको नजिक आवश्यक ग्यासको पर्याप्त भन्डार हुने र त्यसले नयाँ युग आउने उनले बताए ।

यस खोजपछि टर्की प्राकृतिक ग्यासका लागि रुस, इरान र अजरबैजानमा निर्भर रहनु नपर्ने बताइएका छ । टर्कीलाई यो सफलता गहिरो पानीमा नवौं पटक खन्ने क्रममा प्राप्त भएको उर्जा मन्त्री फतेह दोनमेजले जानकारी दिए । उक्त ग्यासको भन्डार समुद्र भित्र २ हजार १ सय मिटर तल प्राप्त भएको उनले जानकारी दिए । यद्यपी यो अभियान समाप्त नभएको र खन्ने कार्य जारी राख्ने र समुद्र भित्र १ हजार ४ सय मिटर भित्र सम्म पुग्ने उनले जानकारी दिए ।

नयाँ ग्यास भन्डारले देशको अर्थब्यवस्था वर्तमान चुनौतीहरुबाट माथि उठ्न मद्दत मिल्ने अर्थ मन्त्री बेरातले बताए । पुर्वी भुमध्य सागरमा ग्यास खोज्ने क्रममा टकी र ग्रिसबीच तनावको स्थिति रहेको छ । अमेरिकी भुगर्भिय सर्वेका अनुसार उक्त क्षेत्रको लेवन्ट बेसिनमा ३ सय ५० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास र १ अर्ब ७० अर्ब ब्यारेल तेल भन्डार छ ।

प्रतिक्रिया दिनुहोस्