पोर्चुगलका बुजुर्ग राष्ट्रपतिद्वारा दुई युवतीको उद्धार



लिस्बन, (एजेन्सी)

पोर्चुगलका ७१ वर्षीय राष्ट्रपति मार्सेलो रेबेलो डी मुसाले गत शनिबार एक साहसी कार्य गरेर सबैको प्रशंसा बटुलेका छन्। उनले धेरै साहस देखाउँदै अत्यन्त कठिनतापूर्वक अलगर्व समुद्री किनारमा डुब्दै गरेका दुई युवतीको ज्यान बचाएका थिए।

बुजुर्ग राष्ट्रपतिको यो साहसिक प्रयासलाई लिएर विश्वभरि प्रशंसा भइरहेको छ। ती युवतीहरूको डुंगा पल्टेको थियो र उनीहरू आफ्नो ज्यान बचाउन संघर्ष गरिरहेका थिए। त्यसपछि राष्ट्रपति मार्सेलो रेबेला डी सुस तत्काल पौडी खेल्दै उनीहरू नजिक पुगेको र अर्का एक व्यक्तिको मद्दतबाट उनीहरूको ज्यान बचाएका थिए।

राष्ट्रपति मार्सेलो हालैका दिनमा उक्त इलाकामा छुट्टी मनाइरहेका थिए ताकि देशको पर्यटन क्षेत्रमा पुनः सक्रियता ल्याउन सकियोस्। राष्ट्रपतिले भने– ‘ती महिलाहरू नजिकै एक किनारमा समुद्रको छालमा फसेका थिए। त्यसपछि बगेर परिआडो अल्बोरमा पुगे। त्यस क्रममा समुद्रमा विशाल छाल उठिरहेको थियो। ती युवतीहरूले पर्याप्त मात्रामा समुद्रको पानी खाइसकेका थिए।

पानी निल्नु र तीव्र गतिको छालका कारण महिलाहरू पौडिन नसकेको उनले बताए। यी सबै घटना एक भिडियो फुटेजमा पनि देखिएको थियो, कसरी हुन्छ आफूलाई बचाउन चिच्याइरहेका युवतीहरूको पुकार सुनेर ७१ वर्षीय राष्ट्रपति तत्काल समुद्रमा हाम फाले र पौडी खेल्दै त्यहाँसम्म पुगेका थिए। यसबीच जेट स्कीबाट अर्को एक व्यक्ति पनि त्यहाँ पुगेको र सबै मिलेर ती केटीहरूलाई उनीहरूको डुंगाबाट निकालेका थिए।

राष्ट्रपतिले जेट स्कीमा आउने व्यक्तिलाई देशभक्त रहेको बताए। उनले ती महिलाहरूलाई भविष्यमा समुद्रमा डुंगा चलाउँदा सतर्क रहन सल्लाह दिएका छन्। राष्ट्रपति मुटुका बिरामी छन्। मार्सेलोले ती महिलाहरू राम्ररी पौडी खेल्न नजानेको बताएका छन्। तीव्र वेगको धारमा कुशल पौडीबाजलाई पनि समस्या आउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्