रुसी विपक्षी नेता नाभाल्नी भेन्टिलेटरमा,विष दिइएको आशंका



मस्को,(एजेन्सी)

रुसी विपक्षी राजनीतिक नेता एलेक्सेइ नाभाल्नीको अस्पतालमा बहोश अवस्थामा उपचार भइरहेको र उनलाई विष लागेको आशंका गरिएको उनका प्रवक्ताले विहिवार बताएका छन् । रसियाका चर्चित भ्रष्टाचार विरोधी अयिन्ता नाभाल्नी उडिरहेको विमान भित्रै अचानक बिरामी परेपछि किरा यार्मिसको ओम्स्कमा विमानलाई आपतकालिन अवतरण गरिएको संचार माध्यमले पुष्टि गरेको छ ।

नाभाल्नीका सहयोगीहरुले उनको चियामै केहि मिसाइएको हुनुपर्ने आशंका गरेका छन् । अस्पताल सुत्रले भने विष प्रयोग विरुद्ध नै उपचार चलिरहेको पुष्टि गरेको तास समाचार निकायले जनाएको छ । चवालिस वर्षिय नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कटर आलोचकका रुपमा चिनिन्छन् ।

एनले गत जुनमा संविधान सशोधनका लागि भएको निर्वाचनलाई दमन र संविधानकै उल्लंघनको संज्ञा दिएका थिए । उक्त संविधान संशोधनको कारण नै पुटिनले अर्को दुई कार्यकाल काम गर्ने मौका पाएका हुन् । सन् २०११ मा नाभाल्नीले नै स्थापना गरेको भ्रष्टाचार विरुद्धको प्रतिष्ठानका प्रेस सचिव किरा यार्मिसले विहिवार बिहान नाभाल्नी राजधानी मस्कोबाट टोम्स्क फर्किरहेको जानकारी दिएकी छन् ।

उनले बिहानभरि चिया बाहेक अरु केहि पनि नखाएकाले उनलाई चियामै केहि मिसकाएर ख्वाइएको दावी पनि किराले गरेकीछन् । अस्पतालका डाक्टरहरुले विष तातो पेय पदार्थमा चाँडै घुलिने हुनाले उनी अहिले बहोश हालतमा पुगेको बताएका छन् । पछिल्लो समयमा किराले पुन टिवट गर्दै नाभाल्नीको सघन उपचार कक्षमा भेन्टिलेटरमा उपचार भइरहेको र उनी कोमामा रहेको जानकारी गराएकीछन् ।

अस्पताल परिसरमा टन्न प्रहरी रहेका छन् । शुरुमा उनको स्वस्थ समबन्धी सम्पूर्ण सुचना पत्रकार र उनका आफन्तलाइ सहज रपमा दिँदै आएका डाक्टरहरुले अहिले विष परिक्षण कार्य ढिला हुन गएको भन्दै बााकी कुरा नभनेको बताइएको छ । सामाजिक संजालमा सन् १९७६ मा जन्मेका नाभाल्नीलाई विमानस्थलको धावनमार्गमा स्ट्रेचरमा राखेर एम्वुलेन्स तर्फ लाँद ैगरिएको तस्वीरहरु पोस्ट गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्