कमला हेरिस आधिकारिक उपराष्ट्रपति उम्मेदवारमा चयन



California Senator Kamala Harris speaks during a rally launching her presidential campaign on January 27, 2019 in Oakland, California. (Photo by NOAH BERGER / AFP) (Photo credit should read NOAH BERGER/AFP/Getty Images)

वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका लागि कमला हेरिस आधिकारिक उम्मेदवार चयन भएको छ ।

जमैकन पिता र भारतिय माता, कमलाको डिएनए हो यो । भारतले चिच्याइरहे जस्तो उनी भारतिय मुलकी मात्र होइनन् । यद्यपी अश्वेत र दक्षिण एसियासँग सम्बन्ध राख्ने कमला अमेरिको यति ठुलो पदका लागि उम्मेदवार बन्ने पहिलो ब्यक्ती हुन् ।

कमला हेरिसले पार्टीको कन्वेसन भनेकी छन् – ‘म अमेरिकाको राष्ट्रपति चुनावमा पार्टीको उपराष्ट्रपति पदको नामांकनलाई स्विकार गर्दछु ।’

आफनी आमाको स्मरण गर्दै कमलाले उनकी दिवगत आमाले उनलाई मानिसहरुको सेवा गर्न सिकाएको बताइन् । सन् २००९ मा कमला हेरिसकी आमाको क्यान्सरबाट निधन भएको थियो । हेरिस यदी नोभेम्बरको राष्ट्रपति चुनावमा निर्वाचित भए भने उनी यो पदमा पुग्ने पहिलो अफ्रिकी भारतिय महिला हुनेछिन् ।

हेरिसकी मामा भारतिय थिइन भने पिता जमैकाका निवासी थिए । हेरिसको अनुमोदन भाषण संयोगले अमेरिकाद्वारा १९ औं संविधान अनुमोदन गरेको १ सयौं बर्षगाँठको एक दिन पछि भयो ।

यस संशोधनलाई सुसैन बी एन्थोनी संशोधन पनि भन्ने गरिन्छ, जसको माध्यमबाट महिलालाई मताधिकार प्राप्त भएको थियो । हेरिसले ट्विटमा भनेकी छन् – ‘आज ठीक सय बर्ष पहिला १९ औं संशोधनलाई अनुमोदिन गरिएको थियो तर दशकौं सम्म अश्वेत महिलाले यस संवैधानिक अधिकारको प्रयोग गर्न पाएका थिएनन् । ‘

उनले भनिन् – ‘म डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति पत्यासी बन्न पाउँदिन थिएँ, यदि मेरो अघि उनीहरुले संघर्ष नगरेको हो र मार्ग प्रसस्त नगरेको हो भने ।’

डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवार जोय बाइडेनले नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति चुनावमा आफनो सहकर्मीका रुपमा क्यालिफोर्निया सिनेटर कमला हेरिसलाई उपराष्ट्रपति पदका प्रत्यासीका रुपमा चयन गरेको हो ।

बाइडेन र हेरिसले नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माक पेन्सलाई चुनौती दिनेछ ।

डेमोक्र्याटिक नेसनल कमिटीको कन्वेन्सनमा क्यालिफोर्नियाकी सिनेटर कमला हेरिसले आफनो भाषणमा डोनाल्ड ट्रम्पलाई असफल नेताको संज्ञा दिइन् । उनले भने, ट्रम्प नेतृत्व गर्न असफल रहे ।

उनले ट्विटरमा पनि ट्रममाथि निसाना बनाउँदै उनले जनतामाथि आएका विपत्तीलाई राजनितिक हतियारमा परिणत गर्ने गरेको आरोप लगाएकी छन् ।

डलावेयरमा डोनाल्ड ट्रम्पको गृहनगर विलमिंगटन स्थित एक होटलको बलरुममा हेरिसले भनिन्, हामी एक महत्वपुर्ण मोडमा उभेका छौं ।
लगातार आउने उथलपुथलले नागरिकलाई भटकाउने र अयोग्यताले जनताको मनमा डर उत्पन्न गराउने बताइन् । अमेरिकी जनता राम्रो गर्न सक्ने र धरै कुराको अधिकार राख्ने उनले बताइन् ।

देशका लागि राम्रो कुरा ल्याउने र महत्वपुर्ण काम गर्ने ब्यक्ती राष्ट्रपतिका रुपमा चुन्नु पर्ने कमलाले बताइन् ।

आफ्नो भाषणमा कमलाले काला नागरिक कोरोना भाइरसको धरै चपेटामा परेको देखि हालैका महिनामा देशभरी भएको नस्लभेदी विरोध प्रदर्शनको कमलाले खुला चर्चा गरिन । उने भनिन् , नस्लभेदको कुनै खोप छैन , हामी आफैंले यसलाई पन्छाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्