ओराकलले टिकटकको स्थान लिन सक्ने : ट्रम्प



न्युयोर्क,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रको अर्को विशाल कम्पनी ओराकलले अमेरिकामा टिकटकको स्थान लिन सक्ने बताएका छन् । ओराकलले नर्थ अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डको चिनियाँ सामाजिक संचारको एपको कारोवार खरिद गर्ने संभावना देखिना साथ ओराकलको प्रसंग ट्रम्पले सार्वजनिक गरेका हुन् ।

गत साता ट्रम्पले टिकटकका मालिक बाइटडान्सलाई त्यसको अमेरिकी व्यवशाय नब्बे दिनभित्र बिक्री गर्न आदेश दिँदै अन्यथा त्यसमाथि अमेरिका प्रतिवन्ध लगाइने चेतावनी दिएका थिए । ओराकलका अध्यक्ष तथा सह संस्थापक ल्यार्री एल्लिसन ट्रम्पका समर्थक हुन् । उनले गत फेबु्रअरीमा ट्रम्पका लागि ट्रम्पकै क्यालिफोर्निया स्थित निजी गल्फ कोर्समा कोष संकलन कार्यक्रम चलाएका थिए ।

ओराकलले बाइटडान्स लगानीकर्ताहरुको समुहसंग टिकटकका लागि केहि सम्पत्ति प्रस्ताव सहित कुराकानी गरिरहेको खवर बाहिर आएपछि एरिजोनाको युमा स्थित भाषण दिन ेक्रममा ट्रम्पले यो धारण अघि सारेका हुन् । विभिन्न संचार माध्यमका अनुसार ओराकलले अमेरिका , क्यानाडा , अष्ट्रेलिया र न्युजिल्यान्डमा जनरल एटलान्टिक र सिकोसिया क्यापिटल लगायतका लगानी कम्पनीहरुसंग मिलेर टिकटकको व्यवशाय किन्नेबारे गम्भीर विचार विमर्श गरिरहेको छ ।

यसै महिनाको शुरुमा ट्रम्पले यदि अमेरिकी कम्पनीले टिटक एप किनेको खण्डमा तयसको बिक्रिबाठ उठने पैसाको ठूलो हिस्सा अमेरिकी सरकारले पाउनु पर्ने विचार व्यक्त गरेका थिए । साथै ट्रम्पले बाइटडान्सले अमेरिकी सुरक्षा बिथोल्नका लागि टिटकको प्रयोग गरिरहेको विश्वसनिय प्रमाण रहेको पनि दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्