राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजाद्वारा दुःख व्यक्त



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधव घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रकविको निधनप्रति समवेदना प्रकट गर्दै उहाँले निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्वकाे निधनप्रति दुःख व्यक्त गर्नुुभएको हाे ।

 विज्ञिप्त मार्फत् देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनीय र मननीय भएको उल्लेख गर्दै उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्