कोरोना संक्रमण भएको क्षेत्रका वासिन्दाको स्वाब संकलन



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा घरमै वसेकी एक महिलामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका वासिन्दाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

तानसेनका मूख्य वजार क्षेत्रमा पर्ने तानसेन नगरपालिका वडा नं ४ कि एक ४० वर्षीया महिलामा कोरोना संक्रमण भएकाले गएको विहीवारदेखि सो क्षेत्र सील गरिएको छ । आफन्तको उपचारमा लुम्विनी मेडिकल कलेज जाने आउने गरेकी ति महिलामा परिक्षण गर्दा संक्रमणको पुष्टि भएको थियो । उनको कन्टयाक्ट ट्रेसिङ्गको काम भइरहेको वताइएको छ ।

पछिल्लो एक महिनायता संक्रमित महिलाको आफ्नै परिवार र लुम्विनी मेडिकल कलेजका स्वास्थ्यकर्मीसँग सम्पर्क भएको आधारमा परिक्षण गरिएको हो । सोमवार सो क्षेत्रका प्रत्येक घरको एक जना सदस्यको स्वाब परीक्षण गरिएको तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

घरमै रहेकी महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको र समुदायमा के कस्तो अवस्थामा कोरोना छ वा छैन भन्ने जाँचका लागि परिक्षण गरिएको हो । नगर पालिकाका शाखाका प्रमुख झविन्द्र न्यौपानेका अनुसार प्रशासनले सिल गरेको क्षेत्रमा रहेका प्रत्येक घरबाट एक जनाको दरले स्वाब संकलन गरि भैरहवा पठाइएको छ ।

उहाँका अनुसार सोमबार विहान १० बजेदेखि संक्रमित महिला बसोबास गरेको क्षेत्रमा लुम्विनी मेडिकल कलेजका केही चिकित्सक सहित स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षण गरिएको छ ।स्वाव परीक्षाणका लागि भैरहवा पठाइएको र त्यसको नतिजा २/३ दिनभित्रमा आउने स्वास्थय कार्यालयले जनाएको छ । नतिजाको आधारमा मात्रै आगामि दिनको रणनीति बन्ने स्वास्थ्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्