शिक्षामन्त्री पोखरेल र उपकुलपतिहरुबीच ‘भर्चुअल मिटिङ’ सम्पन्न



न्युज अफ नेपाल,काठमाडौं ।

आइतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख अतिथ्यतामा विश्वविद्यालय अनुदान आयोगले सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुसँग अनलाइन बैठक सम्पन्न गरेको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूले अबको न्यूनतम ६ महिनाको कोभिड(१९ केन्द्रित क्यालेन्डर र कार्यतालिका एक हप्ताभित्र सार्वजनिक गर्न सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुलाइ निर्देशन दिनुभएको छ मन्त्री पोखरेलले भन्नुभयो, ‘हामीले माहामारीको सामाना गरेको ५र६ महिना वितिसकेको छ ।यो समयसम्म आइपुग्दा सबै विश्वविद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीहरुको ट्रयाकिङ्ग गरिसक्नुभयो भन्ने ठानेको छु ।’

यसैंगरी बैठकमा अनलाईन भएन, इन्टरनेट भएन, सबै विद्यार्थिको पहुँचमा पुग्न सकिएन विधुत भएन जस्ता विषयहरु यो छलफलमा कुनैपनि उपकुलपतिले नराख्न अनुरोध गर्दै यस्तो अवस्थामा पनि काम गर्ने तरिका बताउन भन्नु भएको थियो ।

साथै सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई हामि अध्ययन गरीरहेका छौ भन्ने कुरा महशुस गराउन सक्नै पर्छ भन्नुभएको थियो । राष्ट्रिय योग्यता प्रारुप मन्त्रीपरिषदबाट सैंद्धान्तिक सहमति आइसकेकोले यसको आधारमा विश्वविद्यालयले आफ्ना कामहरु अगाडि बढाउनुहुनेछ । विशेषतः शिक्षा संकायलाई प्रोफेसनल संकायको रुपमा विकास गर्दै अन्य पाठ्यक्रमहरु पनि समयअनुसार परिमार्जन गर्न जरुरी छ ।

कोभिड केन्द्रित भएर शिक्षा नीतिलाई परिमार्जन गर्ने तयारीमा मन्त्रालय जुटेकोले समयमै सुझावहरु दिन अनुरोध समेत गर्नुभएको छ । सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुले आ(आफ्ना विश्वविद्यालयहरुले अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँहरुले विद्यार्थिको ट्रयाकिङ्ग गर्न बाँकि रहेको, परिक्षा सम्पन्न भएकाहरुको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको तर पासआउट हुने विद्यार्थीहरुको प्रयोगात्मक परिक्षा सञ्चालन गर्न समस्या रहेको, डाटासेन्टर नभएकोले साझा डाटा सेन्टर स्थापना गर्दा प्रभावकारी हुने लगायतका सुझावहरु समेत राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्