नारायणीमा डुंगा पल्टदा एक बेपत्ता



न्युज अफ नेपाल,नवलपरासी ।

पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुंगा पल्टदा एक जना बेपत्ता भएको प्रहरीले जनाएकोछ । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका वडा नं. ३ निवासी ६३ वर्षीय पशुपति खनाल रहेको बताइएको छ ।

नारायणी पारी भैसी चराएर घरतर्फ फर्कदै गर्दा आईतबार दिउँसो ३ बजे खनाल सहित ४ जना चढेको डुंगा पल्टिएको थियो ।डुंगा पल्टेपछि ३ जनाले पौडेर सकुशल नदी पार लागे पनि खनाल भने नदीमा बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा र प्रहरीले नारायणी नदी वरपर खनालको खोज तलास जारी राखेका छन् । डुंगा दूर्घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भई रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्