पूर्वी नवलपरासीको बजार क्षेत्र सिल



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोतीमा समुदाय स्तरमा कोभिड १९ संक्रमण देखिए पछि यहांको मालपोत कार्यालय बन्द भएको छ ।

समुदाय स्तरमा सदरमुकाम कावासोती नगरका बैंक, संचार गृह र सुरक्षा निकायका १ सय ९४ जनाको स्वाव परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्थानीय रेडियोका संचारकर्मी र मालपोत कार्यालय कावासोती एक्सटेन्सनका कारिन्दामा कोभिड १९ पुष्टी भए संगै मालपोतले एक सूचना जारी गर्दै भदौ ६ सम्मका लागि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको हो ।

मालपोत कार्यालय कावासोतीका अनुसार स्थानीय प्रशासनबाट प्राप्त सूचना र सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी कार्यालयको दैनिक सेवा बन्द गरिएको हो ।

यसैवीच कावासोती मालपोत कार्यालयमा आएका एक सेवा ग्राहीमा पनि कोरोना संक्रमण पुष्ठी भएको जनाइएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिए पछि पूर्वी नवलरासीको कावसोती २ स्थित ओमशान्ति मार्ग र विनयी त्रिवेणीको २ को सिजी सिमेन्ट उद्योग वरपरको क्षेत्र अर्को निर्णय नहूदा सम्मका लागि सिल भएकाछन् ।

विनयी त्रिवेणी स्थित सिजी सिमेन्टमा कार्यरत एक मजदुरमा कोरोना संक्रमण पुष्ठी भए पछि उद्योग र उनको डेरा रहेको दुम्किबास क्षेत्र सिल गर्नु परेको हो ।

विदेशबाट आएका कतिपय मानिसमा मात्र देखिदै आएको कोभिड १९ संक्रमण बैंक तथा संचारकर्मीमा देखिए पछि कावासोती नगरपालिकाले भदौ ६ सम्मका लागि अत्यावश्यकीय बाहेक अन्य सवै सेवा बन्द गरी विहिबार दिउसो २ बजे देखि नगर क्षेत्रमा लकडाउनको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्