एक हप्ताका लागि सर्लाहीमा निषेधाज्ञा



न्युज अफ नेपाल, सर्लाही
सर्लाहीमा निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सिफारिसमा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्