मेट्रोमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।
महानगरीय प्रहरी कार्यालय रानी पोखरी मेट्रोस्थित प्रहरी कन्ट्रोल रुममा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षणको क्रममा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको मेट्रो प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शुसिलकुमार यादवले जनाकारी दिनुभयो।

यादवका अनुसार दुई जना संक्रमितलाई प्रहरी अस्पताल र एक जनालाई कीर्तिपुरको आयुर्वेदिक अस्पताल पठाइएको छ। संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्