विद्युत्का पोलमा सडक बत्ती जडान

नगरपालिकाद्वारा नै विद्युत् चुहाबट



सञ्जय कार्की, रौतहट
चन्द्रपुर नगरक्षेत्रमा ठूलो धनराशीको विद्युत् चुहाबट भइरहेको छ । चन्द्रपुर नगरपालिकाको विभिन्न वडाको पोलमानै (स्ट्रिट लाइट) सडक बत्ती जडान हुँदा समेत नेपाल विद्युत् प्राधिकरण बेखबर बनेको छ ।
चन्द्रपुर नगरपालिकाले गत आर्थिक वर्षको जेठ÷असार महिनामा विद्युत्को पोलमा जथाभावीरुपमा सडक बत्ती जडान गरेको हो ।

सडक बत्ती जडान भएको दुई महिना बितिसक्दा समेत न त त्यसको बिलिङ भएको छ न त नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले नियन्त्रण गर्न सकेको छ । जसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई आर्थीक क्षती भैरहेको छ भने भोल्टेजको अभाबमा उपभोक्ता भने मारमा परिरहेका छन ।

प्राधिकरणको पोल प्रयोग गरेबापत र बिजुली उपभोग गरेबापत दुबैको राजश्व रकम तिर्नु पर्ने हुन्छ तर चन्द्रपुर नगरपालिकाले गत आर्थीक बर्ष फ्रिज हुने रकम लाई रकमान्तर गरेर जनप्रतिनिधि र कर्मचारीका घर अगाडी सडक बती जडान गरेर चुहाबट गर्दै आएका छन । चन्द्रपुर नगरपालिकाको वडानम्बर ४, ५, ६ र १० का बिभिन्न स्थानमा ५ सय भन्दा बढि सडक बती जडान भएको छ । सडक बतीको लागि नगरपालिकाले विद्युत्ीय खम्बाको प्रयोग गर्नु पर्नेमा प्राधिकरणकै पोल प्रयोग गरेर चुहाबट गरिएको जानकारहरु बताउछन ।

कतिपय स्थानमा सडक एसी बती र कतिपय स्थानमा सिधै बती जडान भएको छ । निभाउनको लागि स्वीच समेत राखिएको छैन जसले गर्दा २४ घण्टानै विद्युत् खेर गईरहेको छ । नगरपालिकाले मुख्य तथा भित्री सडकमा बत्ती जडान गरेको छ तर दिनमा पनि ननिभाउँदा उच्च परिमाणमा बिजुली चुहावट भइरहेको छ । विद्युत् चुहाबट भैरहदा प्राधिकरणले करोडौंको आम्दानी गुमाईरहेको स्थानीयबासी बताउछन । अनावश्यक बिजुली बल्दा चन्द्रपुर नगरपालिकाको अन्य स्थानमा आपूर्ति नपुग्दा समस्या थपिएको छ ।

दिन र रातभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कोतर्फ प्राधिकरणले राजस्व गुमाउदै आएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख राम अयोधी राय यादबका अनुसार स्थानीय सरकारले काम गरेपनि प्राधिकरण संग सम्झौता गर्नु पर्ने बताउनु भयो । यस अघि विद्युत् चुहाबटको लागि नेपाल विद्युत् प्राधिकरणले बिभिन्न अभियान संचालन गर्दै आएको थियो तर प्रमुखको रुपमा जिम्मेबारी पाएका यादबले अहिले सम्म विद्युत् चुहाबटको कार्य नगरेको कर्मचारीहरु बताउछन । विद्युत् चुहाबट नियन्त्रण गर्नको लागि स्थानीयबासीले प्राधिकरण प्रमुख लाई आग्रह गर्दा समेत बेवास्ता गरेको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्