न्युज अफ नेपाल,काठमाडौं ।
काठमाडौं उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । शनिबारसम्म उपत्यकाका ३ जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।
शुक्रबारसम्म ९८१ जना कोरोना संक्रमित रहेको उपत्यकामा शनिबार थप ६२ जनामा कोरोना पुष्टि भएपछि उपत्यकाको अवस्था थप जटिल मोडमा पुगेको छ ।
शनिबार मात्रै उपत्यकाका ३ जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौं जिल्लामा ८१६ जना,ललितपुरमा १३६ र भक्तपुरमा ८६ जना कोरोना संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै संक्रमित बढेसंगै उपत्यकालाई १५ दिनको लागि तीन ओटै जिल्ला प्रशासन कार्यालयले सटडाउन गर्ने निर्णय गरिसकेका छन् । काठमाडौंको टेकु,महाबौद्ध,हाँडीगाउँ लगायतका क्षेत्रहरु सिल गरिएका छन् ।
यो पनि…











प्रतिक्रिया