१८ कोरोना सङ्क्रमितमा लक्षण देखियो



न्युज अफ नेपाल, कपिलवस्तु ।
कपिलवस्तुका १८ जना कोरोना सङ्क्रमितलाई लक्षण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लास्थित ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमितसँगको सर्वेक्षणका क्रममा लक्षण देखिएको हो ।

ती मध्ये केहीलाई ज्वरो आएको, रुघा लाग्ने गरेको, सास फेर्न गारो हुने, छाती दुख्ने जस्ता लक्षण देखिएको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन्‌। लक्षण देखिएकामध्ये ४ जनालाई बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ। अस्पताल पुर्‍याइएका सबैजना समुदायबाट सङ्क्रमण भएका हुन।

पछिल्लो पटक ६ स्थानीयतहमा कोरोना सङ्क्रमित फेला परेका छन्। कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा समुदायस्तरमै कोरोना देखिएको अधिकारीहरूले बताएका छन्‌।

प्रतिक्रिया दिनुहोस्