बेरुतमा नेपालीहरु हाताहातीको खबर छैनः परराष्ट्र मन्त्रालय



न्युज अफ नेपाल, काठमाडौं ।
लेबनानको राजधानी बेरुतमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक हाताहाती नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन्।

परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बेरुतमा रहेका नेपाली नागरिक सकुशल रहेको बताउनुभयो।

बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जना भन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते छन्। तीन लाख बढी मानिस त्यहाँबाट विस्थापित भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्