अख्तियारमा कोरोना संक्रमित कर्मचारीको संख्या ३५ पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोरोना संक्रमित कर्मचारीहरको संख्या ३५ पुगेको छ ।
थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या ३५ पुगेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको जनाएको छ । यसअघि गएको मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्