मोटरसाइकल र स्कुटर ठोक्किएपछि सडक बन्द



न्युज अफ नेपाल, ललितपुर
ललितपुरको चापागाँउस्थित टाहाखेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएको छ । गोदावरी नगरपालिका–१० टाहाखेलको पानी ट्यांकी ओरालामा ती सवारी एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको छ भने एकको अबस्था गम्भिर रहेको महानगरिय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।  बा ७७ प ५४३६ नम्बरको मोटरसाइकल र ६१ प ८०१२ को स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा स्कुटर चालक सुनिल पौडेललाई बज्रवाराही चापागाँउ अस्पतालमा उपचार भइरहेको छ भने उनको अबस्था गम्भिर रहेकोले थप उपचारका लागि काठमाडौं लान लागिएको वडा–१० का अध्यक्ष दर्शन विष्टले बताउनुभयो ।

अर्का मोटरसाइकल चालक सरोज बस्नेत भने सख्त घाइते छन् ।  सडकको किनारामा ट्रक रोकिएकोले दुर्घटना भएको भन्दै स्थानीयबासीले सडक बन्द गरी विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्