धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण



न्यूज अफ नेपाल, काठमाडौँ ।  विशेषज्ञ चिकित्सकहरुले भनेजस्तै कोरोना संक्रमणले नेपालका कुनै पनि क्षेत्रलाई नछोड्ने निश्चित छ । बागलुङस्थित धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रण प्रमाणित भएकी नर्स आइसोलेसनमा राखिएको बिरामीको उपचारमा खटिएकी थिईन । उनलाई धौरागिरी अस्पताल अन्तर्गत सञ्चालित धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका बिरामीको सेवामा खटिएकी थिईन । स्वास्थ्य निर्देशनालयका अनुसार डिउटीमा खटिएकी २५ वर्षीया नर्समा कोरोना संक्रमण देखिएको हो ।
नर्समा कोरोना संक्रमण देखिएपछि धौलागिरी अस्पतालका ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोख्रेलले विज्ञप्तीनै निकालेर जानकारी दिनुभएको छ । प्रिआइसोलेसनमा खटिएका दुई नर्स दुई नर्स मध्ये एकजनामा ज्वरो र रुघा देखिए लगत्तै पिसिआर परीक्षण गरिएको र मंगलबार पोजेटिभ रिपोर्ट आएको जनाईएको छ ।
हाल कोरोना संक्रमण पुष्टि भएकी नर्सलाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखी कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको पोख्रेलले जानकारी गराउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्