मास्क प्रयोग नगर्नेलाई कारवाही



No wear mask sign vector icon in flat style on white background

मिला दरै, तनहुँ
कोभिड १९ को संक्रमण बन्दाबन्दी खुलेसँगै संक्रमितको संख्या बढ्दै गएको छ । सामान्य सावधानी अपनाउँदा संक्रमणबाट जोगाउनका लागि मास्कको प्रयोगमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्नेलाई कारवाही गर्न थालेको छ । मास्कको प्रयोग नगरी हिड्ने तथा सवारी साधन चलाउनेलाई कारवाही गर्न थालेपछि मास्कको प्रयोग गर्ने बढेका छन् ।
छ दिनको अवधिमा चार सय ५६ जनालाई कारबाही गरी प्रति व्यक्ति एक सय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार तीन दिनसम्म दैनिक एक सय जना भन्दा बढी कारवाहीलाई कारवाही गरिएको थियो ।
बुधबार एक सय, बिहीबार ७२, शुक्रबार ५८, शनिबार एक सय, आइतबार एक सय र सोमबार २६ गरी चार सय ५६ जनालाई कारवाही गरिएको उहाँले बताउनुभयो । कारबाहीमा परिने डरले मास्क लाउने बढेसँगै जरिवाना तिर्नेको संख्या घट्दै गएको उहाँको भनाई छ । कारवाही गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
मास्क प्रयोग गर्न अटेर गर्नेलाई कारवाही स्वरुप जरिवाना तथा कारोना भाइरसको बारेमा जानकारी गराएर छाड्ने गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले बताउनुभयो । स्वास्थ्य सावधानी नअपनाई भिडभाड गरी हिड्डुल गर्न थालेपछि कोरोना संक्रमण फैलने डरले कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लकडाउन खुलेपछि देशैभर कोभिड १९ का संक्रमित बढ्दै गएका छन् । क्वारेन्टाइन र आइसोलेशन खाली हुने अवस्थामा पुगेपछि खुला भएको लकडाउन पुनः गर्नुपर्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्