सामाजिक दूरी लत्याउँदै प्रधानमन्त्री बालकोटमा



काठमाडौं, (नेस)
आफ्नै नेतृत्वमा रहेको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बच्न ६० कटेका र १२ वर्ष मुनिका वालवालिकालाई घरबाट वाहिर ननिस्किन आग्रह गरेका २४ घण्टा नवित्दै भोलिपल्ट विहान करीव ११ बजे ६८ वर्षे प्रधानमन्त्री केपि ओली आफ्नो निवास बालकोट भक्तपुर पुगे । उनका साथमा ६० वर्षिया धर्मपत्नि राधिका शाक्य पनि थिइन् ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड—१९) संक्रमण दर दिनानुदिन बढीरहेको समयमा बुढाबुढी र केटाकेटीलाई कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले आइतबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई उमेर समूहका व्यक्तिहरुलाई घरबाट बाहिर ननिस्किन भनेको थियो ।
सरकारकै नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले भोलिपल्टै त्यो नियम लत्याए । बालकोट निवासको भ्रमण उनको अनौपचारिक मात्रैै थिएन आकस्मिक पनि थियो । जुन वर्तमान परिप्रेक्ष्यमा आवश्यक थिएन । यसअघि उनी नेपालमा कोरोना भाइरसको संक्रमण हुनुअघि गत वर्षको श्रीपञ्चमीमा पुगेका थिए ।
त्यतिमात्रै नभई ओली सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम जारी गरे अनुरुप एक आपसमा कम्तिमा २ मिटरको सामाजकि दुरी कायम गर्नु भनेता पनि ओली निवास बालकोटमा जम्मा भएका कार्यकर्ता र सुरक्षाकर्मीहरुको दुरी हेर्दा आधा मिटर पनि थिएन । तर सबैको मुखमा मास्क भने थियो । मास्क नलगाई प्रधानमन्त्री निवास जान लागेकाहरु ओली निवास नजिकै बालकोट चोकको औषधि पसलबाट सर्जिकल मास्क किनेर लगाउँदै थिए ।
प्रधानमन्त्री ओलीको स्वागतमा पुर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा प्रधानमन्त्री ओलीको अघिपछि लागेको देखिन्थ्यो । बास्कोटा भ्रष्टाचारको आरोप लागि पदमुक्त भएपछि ओली निवास बालकोटमै बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्