खिजीदेम्बा गाउँपालिकामा स्वास्थ्य प्रयोगशाला सञ्चालन



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बागाउँपालिकाले आफनो गाउँपालिकाका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने निति अनुसार गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । प्रयोगशालामा क्षयरोग, मधुमेय, दिशावपिसाव जन्य रोगहरुको परिक्षण, वोसोको मात्रा, गर्भवति जाँच र कलेजोको रोग जाच गरिने खिजीदेम्बागाउँपालिका अध्यक्ष वेद बहादुर रोकाले बताए ।

यसैगरि प्रयोगशालामा स्वास्थ्य परिक्षणमा आएका सेवाग्राहिहरुबाट न्यूनत्म शुल्क लिईने र उत्त रकम प्रयोगशालाका लागी चाहीने किट्स खरिदमा प्रयोग गरिने समेत गाउँपालिका अध्यक्ष रोकाले बताए । स्वास्थ्य प्रयोगशाला गाउँपालिकाको ५ नं। वडामा रहेका स्वास्थ्य चौकीबाट सञ्चालन भैरहेको खिजीदेम्बागाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्