पहिरोका कारण ३५ घर–परिवार विस्थापित



विमल विष्ट, डोटी
केही दिन यतादेखिको लगातारको वर्षात्का कारण जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केला गाउँमा आएको पहिरोका कारण ३५ घर–परिवार विस्थापित भएका छन् ।
सो वडामा गाउँ माथिबाट र गाउँ तलबाट पहिरो जाँदा उनीहरू विस्थापित भएको प्रहरी चौकी डौडले जनाएको छ । गाउँ नै जोखिममा परेकाले स्थानीयबासी घर छोडेर गाउँमाथिको अग्लो डाँडामा पाल टाँगेर बसेको स्थानीय धर्मराज जोशीले बताउनुभयो ।
विस्थापित भएपछि अहिले गाउँ माथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जागारम बस्ने गरेको स्थानीयवासी बताउँछन् । भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीय तेज डुम्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्