१ सय ८० विपन्न परिवारलाई जस्तापाता



नेपाल समाचारपत्र, बुटवल
रूपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिब १ सय ८० घर–परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत फुसको छानो हटाई टिनको छानो बनाउने कार्यक्रमअन्तर्गत गैडहवा गाउपालिकाका विपन्न प्रतिपरिवार १०÷१० थान जस्तापाता वितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिनुभयो ।
फुसको छानो भएका विपन्न घर–परिवारलाई सम्बोधन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गैडहवा गाउपालिकाकालाई फुसको छानोमुक्त गाउँपालिका बनाउने लक्ष्यलाई मूर्त रूप दिन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।
आगामी वर्षमा अन्य विपन्न परिवारको घरलाई पनि जस्तापाताले छाएर फुसको छानोमुक्त पालिका बनाइने उहाँले बताउनुभयो ।
उपाध्यक्ष सुभावती यादवले स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि गठन भएपछि गैडहवा गाउपालिकामा भएका फुसको छानो हटाउने गाउँपालिकाकोे सपनालाई साकार बनाउनमा हरेक जनप्रतिनीधि र बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
आव २०७६÷०७७ को बजेटबाट जस्तापाता खरिद गर्नका लागि बनेको उपभोक्ता समितिका संयोजक महादेव पौडेलले पालिकाका ९ वटै वडाबाट प्रतिवडा २० विपन्न घर–परविार छनोट गरी जस्तापाता वितरण गर्न सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्