संक्रमित थुनुवाको पुनः कोरोना परीक्षण गरिँदै



बैतडी, (नेस)
बैतडीका कोरोना संक्रमित थुनुवाको पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डडेल्धुरा पठाइएको छ । यही साउन १२ गते संक्रमण पुष्टि भएका पुर्चौडी नगरपालिका–१० घर भएका ३२ वर्षीय ती थुनुवाको पुनः परीक्षण गरिन लागिएको हो ।
संक्रमित ती थुनुवाको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती पुरुषमा कोरोना निको भए नभएको थाहा पाउनका लागि पुनः परीक्षण गरिन लागिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो ।
गत असार ३१ गते आफ्नै आमा बलात्कार गरेको आरोपमा पक्राउ परेका ती युवकमा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका बेला कोरोना पुष्टि भएको थियो । संक्रमित ती युवकको गत मंसिरमा भारतबाट फर्किएका बताइएको छ । ट्राभल हिस्ट्री नै नभएका ती व्यक्तिमा संक्रमण पुष्टि भएपछि तीनका घर–परिवार आफन्त गरी १६ जनाको पनि पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर डडेल्धुरा पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
यसअघि थुनुवाको संम्पर्कमा रहेका २० प्रहरीसहित २६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्