सोसियल मिडियाबाट सहयोग माग्नेलाई नदिन आग्रह



काठमाडौं, (नेस)

विभिन्न नक्कली अकाउन्ट खोली पछिल्ला दिनमा सोसियल मिडियाबाट सहयोगको रूपमा पैसा माग्ने क्रियाकलाप भइरहेकाले सचेत रहन सर्वसाधारणलाई नेपाल बैंकर्स संघले आग्रह गरेको छ ।

संघले अनाधिकृत अकाउन्ट छुट्टाउन गाह्रो हुने भएकाले सम्बन्धित व्यक्ति, कम्पनीसँंग प्रत्यक्ष रुपमा यकिन गरिसकेपछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न सचेत गराएको हो।

खाता सम्बन्धी विवरण,पिन नम्बर, मोबाइल÷इन्टरनेट बैंकिङसम्बन्धी विवरणहरू कसैसंँग शेयर नगर्न पनि संघले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्