जनैपूर्णिमामा सार्वजनिक बिदा



तनहुँ, (नेस)

जनैपूर्णिमाका दिन म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको गाउँपालिकाको बोर्ड बैठकले साउन १९ गते जनैपूर्णिमाका दिन सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

रानाका अनुसार सार्वजनिक बिदाका दिन गाउँपालिकाका वडा कार्यालय, सरकारी निकाय, बैंक तथा वित्तीय संघसंस्था, शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

स्थानीय तहले पर्व तथा सामाजिक महत्वका दिनमा बिदा दिन सक्ने व्यवस्थाअनुरूप सार्वजनिक बिदाको निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । गाउँपालिकाले गत फागुन १५ गते मगर दिवसका दिनमा पनि सार्वजनिक बिदा दिएको थियो ।

त्यस्तै म्याग्देलगायत जिल्लाका अन्य स्थानीय तहले पनि विभिन्न चाडपर्व तथा धार्मिक महत्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । व्यास नगरपालिकाले व्यास जयन्ती, शहीद दिवस, भानु नगरपालिकाले भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्