नेपाल समाचारकर्मी खनाल सम्मानित



हेटौंडा, (नेस)
नेपाल समाचारपत्रकर्मी कृष्णउदास खनाल सम्मानित हुनुभएको छ ।
एकल महिलाहरुको अधिकार स्थापनाका सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संचारमाध्याममार्फत एकल महिलाहरुको आवाज बुलन्द गरेको भन्दै सहकर्मी कृष्णउदास खनाललाई मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले सम्मानित गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि एवं हेटौंडा उपमहनागरपालिकाकी उपमेयर मीनाकुमारी लामा र मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेल संयुक्तरूपमा खनाललाई कदर पत्रसहित सम्मान गर्नुभएको हो ।
कार्यक्रममै जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेत पनि सम्मानित हुनुभएको छ । उहाँलाई पनि लामा र पौडेले संयुक्तरूरुपमा कदरपत्र सहित सम्मानित गर्नुभएको हो । नेपाल समाचारपत्रकर्मी खनालले एकल महिला सुभद्रा दर्नालको घर समाचार लेखेकै कारण बनाइदिनुभएको थियो भने अब एकल महिला लक्ष्मी घिमिरेको घर बनाउने तयारीमा जुट्दै रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्