नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने



Nepal Academy. Photo: THT/ File

काठमाडौं, (नेस)
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य÷काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो ।
विभागका प्रमुख प्राज्ञ प्राडा हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताउनुभयो । पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नंं. एकका लागि प्राडा भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, बागमती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्राडा यदुनन्दन ढकाल, प्रदेश पाँचका लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगतप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
प्राडा पौडेलले भन्नुभयो– ‘प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत नेपाली कविताको इतिहास लेखन कार्यको थालनी गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्