सार्वजनिक सवारी साधनको चर्को भाडा असुली तत्काल रोकिनुपर्दछ –के.स.भण्डारी



 न्युज अफ नेपाल, काठमाण्डौं ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सार्वजनिक सवारी साधनहरुले चर्को भाडा असुली गरेको विषय प्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । कोभिड –१९ को बहाना बनाएर सार्वजनिक सवारी साधानहरुले देशव्यापी रुपमा चर्को भाडा असुली गरेको गुनासो आएको हुँदा यस विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने के.स. भण्डारीको भनाई रहेको छ ।

चर्को भाडादरले सर्वसाधारण मारमा परेको समेत के.स. भण्डारीको भनाई रहेको छ । यसैबीच तनहुँमा सार्वजनिक सवारी साधनहरुले चर्को भाडा असुली गरेको जनगुनासो आए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षढा गराएको समेत भण्डारीले बताएका छन् । सार्वजनिक सवारी साधनमा चर्को भाडा तिर्नुपर्दा निकै समस्या भोग्नु परेको जिल्लाबासीको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्