कोरोनामुक्त भई सात घर फर्किए



म्याग्दी, (नेस)
म्याग्दीमा कोरोना भाइरस संक्रमणमुक्त भएर बिहीबार ७ जना पुरुष संक्रमित घर फर्किएका छन् । जिल्लामा अहिलेसम्म कुल ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४१ पुगेको छ ।
तीमध्ये ३६ जना पुरुष र पाँच जना महिला रहेका छन् । अहिले आइसोलेसनमा रहेका ४ जना पुरुषको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । कुबेत, दुबई, साउदीअरब, भारत र बहराइनबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका ७ जना आइसोलेसन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्