बाग्लुङमा स्वास्थ्यकर्मीलाई कोरोना



बागलुङ, (नेस)
बाग्लुङको जैमिनी नगरपालिकाका ५२ वर्षीय स्वास्थ्यकर्मीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङमा पहिलोपटक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । उहाँसँगै जिल्लाको काठेखोला गाउँपालिकाका २, बागलुङ नगरपालिकाका १ र बडिगाड गाउँपालिकामा २ गरी ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बागलुङको जैमिनी नगरपालिकाले स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकको सबै सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि नगरप्रमुख इन्द्रराज पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सबै सेवा बन्द भएको जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्