नागरिकप्रति सरकार उदासीन



काठमाडौं, (नेस)

सरकार नागरिकप्रति अनुत्तरदायी ढंगले अगाडि बढेको नागरिक समाजहरूले बताएका छन् । सरकारको काम पारदर्शी हुनुपर्ने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पीसीआर रिपोर्टको दायरा बढाउनुपर्ने लगायतका माग राखेर इनफ इज इनफले अनशन गरेको लामो समय भइसकेको छ । तैपनि सरकारको यसतर्फ ध्यान दिएको देखिन्न ।

महामारीका बेला सरकारले गर्नुपर्ने काम तत्काल गर्न दबाब दिई अनशन शुरू भए पनि सरकारले बेवास्ता गरेकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसीले आपत्ति जनाउनुभएको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता मणि थापा अनशनरतका जायज माग सम्बोधन गरी राष्ट्रको पक्षमा उठाइएका मागको सम्बोधन गरेर सरकार अगाडि बढ्नुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्