काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिए



न्युज अफ नेपाल,काठमाडौं ।

बिहीबार काठमाडौं उपत्यकामा थप ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१ र भक्तपुरमा २ तथा ललितपुरमा २ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२७ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्