काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्