डेढ वर्षपछि परिषदको बोर्डले पाए पुर्णता



न्युज अफ नेपाल, काठमाडौं ।
डेढ वर्ष बढीदेखि पदाधिकारी बिहिन बनेको समाज कल्याण परिषदको बोर्डले पूर्णता पाएको छ । पछिल्लो मन्त्रिपरिषदले परिषदको बोर्डमा रिक्त रहेको पदाधिकारीको नियुक्ती गरेसँगै बोर्डले पूर्णता पाएको हो ।

मन्त्रीपरिषद्ले रिक्त रहेको उपाध्यक्ष, सदस्य सचिव सहित पाँच सदस्यको पद पुर्ति गरेको छ । जसमा प्रा.डा. पद्म प्रसाद खतिवडालाई उपाध्यक्ष, पुष्कर खातीलाई सदस्य सचिब, सदस्यहरुमा गोविन्द बहादुर शाही, नानीमाया नेपाल, डा. मनराम बञ्जाडे, डा. ब्रम्ह ध्वज गुरुङ, सुशिल ज्ञवाली नियुक्त हुनु भएको छ ।

२०७५ फागुन ३ गतेको मन्त्रिपरिषदले परिषदका पदाधिकारीहरु उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु इन्द्रकुमार झा, गोकर्ण भट्ट र सदस्य सचिव डिल्ली प्रसाद भट्टलाई बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषदले बदनियतपूर्ण र कानून विपरीत कार्यहरु गरी परिषद्लाई हानी पु¥याएकाभन्दै उनीहरुलाई बर्खास्त गरेसँगै पदाधिकारीहरु रिक्त थिए । परिषदले ती पदाधिकारीहरुलाई बुधबार परिषदमा स्वागत गरिएको सहप्रवक्ता दुर्गा भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्