रामकाजी अवालेले एक्लैले दिए १० लाख रुपैयाँ



न्युज अफ नेपाल, ललितपुर ।

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माणको लागि रामकाजी अवालले एक्लैले १० लाख रुपैयाँ दान दिनुभएको छ ।

केन्द्रका अध्यक्ष समेत रहनुभएका दाता अवालले आफ्नी श्रीमती पूर्णलक्ष्मी अवालेको समेत सहमतिमा विहार निर्माण कार्य अघि बढाउन सो रकम दिनुभएको हो । सो रकमको चेक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मार्फत कोषाध्यक्ष रामकृष्ण महर्जनलाई हस्तान्तरण गरिएको थियो ।

यस अघि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चालू आर्थिक वर्षमा महानगरपालिकाले विहार निर्माणको लागि १५ लाख रुपैयाँ विनियोजित गरेको जानकारी दिनुभयो । सोही अवसरमा कार्यसमिति सदस्य तिर्थ शाक्य ‘पौषा’ले आफ्नो परिवारकोतर्फबाट १ लाख रुपैयाँ दान दिने इच्छा व्यक्त गर्नुभयो । त्यसैगरी चालू आर्थिक वर्षमा विहार निर्माणको लागि वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजित गरिएको केन्द्रका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य शोभा शाक्यले जानकारी दिनुभयो ।

सो अवसरमा भवन केन्द्रका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक अजरमान जोशीले तीन वटा ब्लग मध्ये एक प्रदेश र एक दाताहरुको सहयोग र एक महानगरपालिकाबाट बनाउने तयारी गरिएको भन्दै जानकारी गराउँदै मेयर महर्जन समक्ष कम्तीमा ५० लाख बजेट विनियोजित गरी दिन माग एक वर्षदेखि गर्दै आएको बताउनुभयो । विहारको निर्माणको करिब ३ करोड लाग्ने बताइएको छ ।

पूर्णचण्डी निवासी दशलाल डंगोल र उहाँकी श्रीमती राममाया महर्जनले ललितपुर महानगरपालिका – १३ स्थित नख्खु मा ध्यान केन्द बनाउन १ रोपनी १ आना जग्गा दान दिनुभएको थियो । स्वर्गीय दोलेन्द्ररत्न शाक्यको प्रवचन सुनेर दशलाल डंगोलले आफ्नो मनमा श्रद्धाचित्त उत्पन्न भई ती वर्ष अघि सो जग्गा दान दिनुभएको हो । तथागत गौतम बुद्धको ज्ञान र ध्यानको अभ्यास गराउन, विभिन्न देशबाट आउनुहुने भिक्षुहरुलाई राख्ने उद्देश्यले केन्द्रको भवन बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्