सशस्त्रलाई यस्ता हतियार दिए सेनाले



 

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाले सशस्त्र प्रहरी बललाई हतियार हस्तान्तरण गरेको छ । आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार बुधबार सेनाले सशस्त्रलाई हस्तान्तरण गरेको हो।

सैनिक प्रवक्ता सन्ताष वल्लभ पौडेलले सेनाले चलाएका ६ सय थान इन्सास राइफल सशस्त्रलाई दिएको जनाकारी दिनुभयो ।

नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई ती हतियार हस्तान्तरण गर्नु भएको छ।

यसअघि पनि विभिन्न समयमा सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार दिने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्