कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर  ।
भक्तपुरको कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका ९ सौडोल बस्ने ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको हो।

प्रत्यक्षदर्शीले खड्का आफूले लगाएको लुगा पोखरीको किनारामा छाडेर पौडी खेल्न गएको र सोही क्रममा बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए ।

पौडी खेल्दै गर्दा दुई पटक निस्किए पनि तेस्रो पटकमा भने उनी पोखरीमा डुबेर बेपत्ता भएका थिए । उनी डुबेको खबर पाएसँगै उद्धार गर्न महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रह संयुक्त टोली खटिएको थियो ।

घटनास्थलबाट उनको उद्धार गरी भक्तपुर अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्