टोनी प्रजापतिद्वारा ४ हजार ६ सय पटक बर्पी एक्सरसाइज गरेर रकम संकलन



 न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीमा संकट झेलिरहेकाहरूलाई सहयोग गर्नका लागि टोनी प्रजापतिले २४ घण्टा भित्र ४ हजार ६१५ पटक बर्पी एक्सरसाइज गरेर रकम संकलन गरेका छन्।

२४ घण्टामा १० हजार टक बर्पी एक्सरसाइज गरेर रकम संकलन गर्ने तयारी गरेका उनकाे काँधमा चोट लागेको कारणले उद्देश्य पुरा हुन सकेन। अन्य ६० जनाले २४ घण्टामा जम्म २८ हजार ३१२ पटक बर्पी एक्सरसाइज गरेका थिए ।

यसबाट संकलन भएको रकम महामारीमा खानाको समस्या भएकाहरूलाई सहयोग गर्दै आएको आयोजक टोनी प्रजापतिले बताए ।

“यस्तो समस्याको समयमा सबैले आफूले सकेको ठाउँबाट समस्यामा परेकाहरूलाई सहयोग गर्न चाहन्छ। म पनि महामारीमा परेकाहरूलाई सहयोग गर्नका लागि यसको आयोजना गरेको हुँ,” -उनले भनेका छन्- “यसबाट संकलन भएको रकम तातो खाना सेवालाई उपलब्ध गराइने छ, जसले महामारीमा खाना खुवाउने सहयोग गर्दै आएको छ।”  प्रजापतिले २४ जुलाईमा २४ घण्टा समय लगाएर उक्त शारीरिक अभ्यास गरेर देखाएका छन्।

टोनी प्रजापति नेपालमा आधारित क्रसफिट फिटनेस ट्रेनर हुन । २४ जुलाई, २०२० मा उनले खाँचोमा परेकालाई खाद्यान्न जुटाउन २४ घण्टा नन स्टप बार्पे गरेका हुन । यो संस्थाले महामारीको बेलामा खाँचोमा परेकाहरूलाई दैनिक तातो खाना खुवाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्