यस कारण पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ पाकिस्तान नफर्किने



न्युज अफ नेपाल, इस्लामाबाद ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफले स्वास्थ्य समस्यालाई देखाउँदै आफू स्वर्देश फर्कन नसक्ने लाहोर उच्च अदालतलाई जवाफ दिएका छन् । अदालतले उनलाई भ्रष्टाचार मुद्धा दोषी ठहर पछि उनी कैद भुक्तान गरिरहेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि अदालतको अनुमतिमा उनी नोभेम्बर महिनामा उपचारका लागि लण्डन गएका थिए । त्यसपछि उनी पाकिस्तान फर्केका छैनन् । उनले अदालतलाई लेखेको जवाफमा भनेका छन्–‘मेरो डाक्टरले मलाई बाहिर निस्कन अनुमति दिएका छैन । लापरबाह गर्दा कोरोना संक्रमण हुने उच्च जोखिम रहेको भनेको छ ।’

अदालतले उनलाई एक महिनाको लागि मात्रै बाहिर जान अनुमति दिईएको थियो । तर अझै उनी फर्किसकेको छैन । उनले आफ्ना वकिल अमजद परवेज मार्फत नयाँ मेडिकल रिपोर्ट अदालतमा पेश गरेका छन् ।

रिपोर्टमा रगतमा प्लेटलेट्स कम भएको, मुटु, किड्नी र ब्लड प्रेसरको विरामी भएको उल्लेख छ । ‘मुटुमा उचित तरिकाले रगत सञ्चालन नभएको र यस्तो अबस्थामा बाहिर निस्के कोरोना जस्ता संक्रमणले छिट्टै भेट्न सक्छ ।’, रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्