कोरोनाका कारण एकको मृत्यु



डोटी, (नेस)

कोरोना भाइरसको संक्रमणका कारण बझाङमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षका एक वृद्ध रहेका छन् ।

गएको असार २४ गते भारतबाट रोजगारी गरी गाउँकै क्वारेन्टाइनमा १४ दिन बस्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि उनलाई घर पठाइएको थियो । अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

मृत्युपश्चात् गरिएको कोरोना परीक्षणबाट आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको देखिएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्