खनाल र तामाङ डिस्चार्ज



काठमाडौं, (नेस)
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा सुरुङको गेट फुटेर त्यसबाट आएको बाढीले बगाएर घाइते भएकाहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सुरुङ परीक्षणका क्रममा असार ३१ गते आयोजनाका इन्जिनियर शेखर खनाल र सर्भे सहायक पेम्बादोर्जे तामाङ घाइते भएका थिए । उहाँहरुको मेलम्ची अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

मेलम्ची खानेपानी विकास समितिले उहाँहरु मंगलबार डिस्चार्ज हुनुभएको जनाएको छ । उहाँहरुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भएको थियो ।

उहाँहरुसँग बाढीले बगाउँदा इन्जिनियर सतिश गोइतको शव बेपत्तापछि फेला परे भने सवारीचालक राधाकृष्ण थापा अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्