पूर्वरथी खड्काको निधन



काठमाडौं, (नेस)

पूर्वरथी कुलबहादुर खड्काको मंगलबार अपरान्ह निधन भएको छ ।

केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वरथी खड्काको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो ।

त्यसपछि राष्ट्रपति डा. रामवरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्