काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । थपिएका संक्रमितहरुमध्ये ४८ जना काठमाडौं,४ जना ललितपुर र एक जना भक्तपुरका हुन् ।

आज मात्रै प्रहरी प्रधान कार्यालय नक्सालमा मात्रै २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर थप ३११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्