सुरुङको पानीले बगाएर घाइते बनेका खनाल र तामाङ डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा सुरुङको गेट फुटेर त्यसबाट आएको बाढीले बगाएर घाइते भएकाहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सुरुङ परीक्षणको क्रममा असार ३१ गते आयोजनाका इन्जिनियर शेखर खनाल र सर्भे सहायक पेम्बा दोर्जे तामाङ घाइते हुनु भएका थिए ।  उहाँहरुको मेलम्ची अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याईएको थियो ।

मेलम्ची खानेपानी विकास समितिले उहाँहरु मंगलबार डिस्चार्ज हुनु भएको जनाएको छ । उहाँहरुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । उहाँहरुसँग बाढीले बगाउँदा इन्जिनियर सतिश गोइतको शब बेपत्तापछि फेला परे भने सवारी चालक राधाकृष्ण थापा अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्